ढल निकास तथा मानव मलमुत्र ब्यबस्थापन आयोजना सुरु

शेयेर गर्नुहोस


झलनाथ खनाल /टीकापुर १७ बैशाख
कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमुत्र ब्यबस्थापन आयोजना सुरु भएको छ । खानेपानी तथा ढल ब्यबस्थापन बिभागदारा संचालन भएको आयोजनाको काम सुरु भएको हो ।
बर्षातको समयमा आकाशको पानीबाट हुने डुवानलाई रोक्ने उदेश्यले काम सुरु गरिएको टीकापुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष भैरवसिंह रावलले बताउनुभयो । “ढल निकासका लागि हामिले बर्षौदेखी प्रक्रिया अगाडि बढाएका थियौ । जुन आज आएर सफल भएको छ ।” संस्थाका अध्यक्ष रावलले भन्नुभयो, “टीकापुरमा बर्सेनि बर्षातको समयमा हुने ठुलो क्षति कम हुने छ । टीकापुरबासिको लामो समयको सपना पनि पूरा हुने भएको छ ।” खानेपानी संस्थाले सुपरिवेक्षणको काम गर्दै आएको छ । संस्थाले यस आयोजनाको प्रक्रिया अगाडि बढाएको थियो भने टीकापुर नगरपालिकाले समन्वय गर्दै आएको थियो । २९ दशमलव ५ किलोमिटर लम्बाइको ढल निकासको पानी जमरा कुलोमा ब्यबस्थापन गरिने छ । सडकमा आएको पानी सडकमा जम्मा नभई नाली मार्फत ब्यबस्थापन हुने छ । जस्ले डुवानका कारण बर्सेनि खेप्दै आएको शास्ती कम हुने अनुमान गरिएको छ ।
पहिलो चरणमा नगरपालिकाको वडा नं.१ बजार क्षेत्रमा र सक्तिनगर शिविरमा काम हुने छ । बाढीका कारण सबै भन्दा प्रभावित हुने पनि बजार क्षेत्र र शिविर क्षेत्र भएकोले पहिलो चरणमा त्यही अनुसार काम अगाडि बढाइएको खानेपानी संस्थाका अध्यक्ष रावलले बताउनुभयो ।
६० करोड,६९ लाख,३ हजार ६ सय ५२ रुपैया, ५९ पैसाको लगानीमा निर्माण हुनलागेको आयोजनाको ठेक्का टु डि कन्ट्रकशनले पाएको छ । कुल लागतको ८५ प्रतिशत रकम एडिबीले सहयोग गरेको छ भने बाकी १५ प्रतिशत नगरपालिकाले लगानी गरेको छ । आयोजनाले दुई क्षेत्रमा काम गर्दै आएको शहरी खानेपानी तथा सरसफाइ आयोजना क्षेत्रीय आयोजना ब्यबस्थापन कार्यालय पश्चिमक्षेत्र आयोजना कार्यान्वयन समुहका परामर्शदाता अरुण रोस्याराले जानकारी दिनुभएको छ । “ढल निकास र मानव मलमुत्र ब्यबस्थापन गरि दुई क्षेत्रमा काम भैरहेको छ ।” परामर्शदाता रोस्याराले भन्नुभयो, ” दुई कार्यक्रम मध्ये मानव मलमुत्र ब्यबस्थापन कार्यक्रम एक बर्षमा र ढलको नाली निर्माणको काम दुई बर्षमा सक्ने गरि ठेकेदार कम्पनीसंग सम्झौता भएको छ ।” उहाँले सन २०२० डिसेम्बरमा ठेकेदार कम्पनिसंग आयोजनाको सम्झौता भएको बताउदै समयमै काम सम्पन्न हुने गरि नै काम अगाडि बढाइएको बताउनुभएको छ ।
मानव मलमुत्रको ब्यबस्थापनले पदूषणलाई कम गर्दै जैविक मल उत्पादनमा सहयोग पुग्ने छ । अहिले नागरिकको शौचालयको सेफ्टी ट्यांकीमा जम्मा भएको मलमुत्रलाईलाई प्रबिधिको प्रयोग गरि मल उत्पादन गरिने टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्रबहादुर रावलले बताउनुभएको छ । जस्ले प्राकृतिक पदूषणलाई रोक्नुको साथै जैविक मल उत्पादनमा टेवा पुर्याउने बिश्वास गरिएको छ ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *