शेयेर गर्नुहोस
खेमराज पाण्डे, भजनी १८ चैत /
भजनी नगरपालिका आपतकालीन कार्य सञ्चालन केन्द्रको नवनिर्मित भवनको एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।
भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीले नवनिर्मित भवनको उद्घाटन गरेका हुन । मोफा जापान वर्ल्डभिजन जपानको आर्थिक सहयोग वर्ल्डभिजन इन्टरनेशनल नेपाल र सामाजिक विकासका लागि सचेत सामाज धनगढी कैलालीको संयुक्त साझेदारीमा संचालित समुदायमा आधारित विपद् जोखिम न्यूनीकरण परियोजना अन्तर्गत निर्माण भएको स्थानिय आपतकालिन कार्य संचालन केन्द्र सञ्चालनमा आएसँगै विपतको समयमा सहज हुने विश्वास नगर प्रमुख चौधरीले गरेका छन् ।
भवन २७लाख ८८ हजार ९ सय ८४ रुपैयाँ बराबरको लागतमा निर्माण भएको हो भवन निर्माण सम्पन्न भएको हो । नगर प्रमुख चौधरीले नगरबासीलाई चुस्तदुरुस्त र सजिलो गरी सेवा प्रदान गर्न सकिने बताउँदै साघुरो ठाउँबाट सेवा दिँदा सेवाग्राहीलाई समेत अप्ठेरो भैरहेकोमा अब सहज हुने बताएका छन् ।