शेयेर गर्नुहोस
समाधान समाचार, टीकापुर २२ कार्तिक /
नेपाली कांग्रेसको आसन्न १४ औं महाधिबेशनका लागि कैलालीमा दौडधुप शुरु भएको छ । कैलाली जिल्लाका ५ वटै निर्बाचन क्षेत्रमा आउँदो कात्तिक २७ गते वडा अधिबेशन हुने भएपछि यतिखेर कांग्रेस भित्र दौडधुप शुरु भएको हो। यसै क्रममा कैलालीको टीकापुर वार्ड नम्बर १ का लागि गंगाबहादुर कुवँरको नेतृत्वले आफ्नो प्यानल घोषणा गरेको छ ।
महाधिबेशन प्रतिनीधि नृपबहादुर खड्काको अध्यक्षतामा भएको पत्रकार सम्मेलन मार्फत उम्मेदवारको नाम घोषणा गरिएको हो । खुल्ला २६ जना पुरुष प्रतिनीधिका लागि गंगाबहादुर कुवँर, नवल बहादुर खड्का, नृपबहादुर खड्का, भरतबहादुर स्वाँर, नेत्रहादुर रावल,प्रेमभक्त रेग्मी, रामबहादुर साउं,द,तिर्थराज बोहरा,पूर्ण प्रशाद रेग्मी , गजराज उपाध्याय (ढुगांना) ,महेन्द्र सिंह बम, हेमन्त रावल, रघुराज देबकोटा र दिलबहादुर बम हुनुहुन्छ । यसै गरी अन्य प्रतिनीधिमा कमलराज जोशी, मुकुन्द पाण्डे, प्रेमबहादुर कठायत, अशोक न्यौपाने , रतनबहादुर खड्का, अंगतबहादुर बिष्ट, डम्बर बुढा, मुक्तिराज जोशी,ललित रावल, मनिराम शर्मा (कडेल) तपेन्द्र बहादुर स्वाँर र निलाम्बर रेग्मी उम्मेवार बनाउने घोषणा मार्फत जानकारी गराइएको छ । खुल्ला महिला प्रतिनीधिका लागि कल्पना उपाध्याय, मीना खड्का , निर्मला कडायत, तारा खनाल, बिना सोडारी ,इश्वरी बम,पार्वती जैशी, पुष्पाा देबी रावल,मीना देबी साउँद, चाँदनी जोशी खनाल ,चन्द्रा कुमारी जोशी रेग्मी , योजना अधिकारी र भावना जोशी बिनाडी उम्मेदवार हुने भएका छन् । समावेशी तर्फ ५ जना पुरुषमा ललितजंग शाही, कृपाराम संज्याल, भवानी प्रशाद न्यौपाने , नैन सिंह केशी र शिबराज तिवारी रहनुभएको छ भने महिला तर्फ सरिता खड्का, निर्मला जोशी (रिमाल) ,पवन केशी र साबित्री शाह रहनुभएको छ । दलित तर्फ मोहन सिंह परियार, ओम प्रकाश सुनार र बीमा देबी बिकलाई मैदानमा उत्रानु भएको छ । जनजातीमा तुलसिराम चौधरी , सुन्दर चौधरी र रामप्यारी चौधरीको नेतृवमा ११ जना प्रतिनीधि र वडा समितिमा लड्नु हुने जनाइएको छ ।
वडासभापतिमा युवा व्यबसायी रघुराज उपाध्यायको सभापतित्वमा निर्बाचन लड्ने घोषणा सभामा जानकारी गराइएको छ । नगर सदस्यका लागि नवराज उपाध्याय, चेतन कुमार रावल र अनु हमालको नाम घोषणा गरिएको छ । घोषणा सभामा प्रमुख अतिथी सभाषद् बुद्धिसागर चौधरी, संगठन बिभागका केन्द्रीय सदस्य फकिर सिंह कडायत, पूर्ब महासमिति सदस्य जंगबहादुर साउँद र बीर बहादुर हमाल, महाधिबेशन प्रतिनीधि गंगा देबी चौधरी ,जोशीपुर गाउँपालिकाका अध्यक्ष रामकृष्ण चौधरी, जिल्ला सल्लाहाकार नवलबहादुर खड्का लगायतका नेताहरुले अधिबेशनमा कुवँर समूहलाई अत्यधिक मतले विजय गराउन आग्रह गर्नुभयो । उहाँहरुले पार्टीमा केही व्यक्तिका कारण अराजकता मच्चिदा समग्र क्षेत्र नम्बर १ मा समस्या देखिएको छ भन्नुभयो । पार्टीमा अराजकता र व्यक्तिवादी प्रबृत्ति मौलाउदा पनि स्वार्थका लागि केहीले नबुझेझै गरेको उहाँहरुको तर्क थियो । पार्टीलाई संस्थागत गर्दै समाजमा शान्ति र सद्भाव कायम गर्ने उदेश्यले प्यानल सहितको उम्मेदवारी उत्रार्नु परेको पूर्ब सांसद कुवँरले बताउनुभयो । । ‘‘पार्टीमा नितान्त स्वयमसेवकको रुपमा काम गरेका नेता तथा कार्यकर्तालाई स्थान दिएका छौ ,’’ कुवँरले भन्नुभयो ,‘‘अवसरवादीहरुले पार्टीलाई प्रयोग मात्र गर्दा दुख पाइयो त्यसैले लगानी गरेका कार्यकर्ताहरुलाई एकजुट बनाएर अघि बढ्ने प्रयास गरेका छौ ।लगानी गरेका नेता तथा कार्यकर्ताको भावना आम कृयाशिल सदस्यहरुले बुझ्नु हुनेछ भन्ने बिश्वास छ ।” वार्ड नम्बर १ मा सात सय चार जना कृयाशिल सदस्य छन् । क्षेत्र नम्बर १ को २३ वडा मध्य सबै भन्दा बढी कृयाशिल सदस्यता भएको वडा पनि हो । यहाँबाट वडा सभापति सहित ६७ जना क्षेत्रीय प्रतिनीधि चयन हुनेछन् । पछिल्लो समय जनप्रतिनीधि र संघ संस्थामा कांग्रेसबाट नेतृत्व लिएका व्यक्तिहरुमा व्यक्तिवादी प्रबृत्ति मौलाउँदै गएपछि निष्ठा र लगानी गरेका नेता तथा कार्यकर्ता निरास र आक्रोशित छन् । साधन स्रोतको आडमा आफ्नै नेताहरुलाई गला रेट्ने प्रयास भएपछि आपसमा बिश्वासको संकट पैदा भइरहेको छ ।