बाढीपिडितलाई खान बस्नको समस्या

शेयेर गर्नुहोस


समाधान समाचार
भजनी १७ साउन/
भजनी नगरपालिकामा बाढीबाट विस्थापित परिवारहरुलाई खान र बस्नको समस्या भएको छ।
बाढी र डुवानका कारण घरबार बिहिन भएका परिवारहरुलाई विभिन्न सामुदायिक भवन, बिद्यालय र हुलाकी सडकमा व्यवस्थापन गरिएको भएपनी चाउचाउ र चिउराले दैनिकी गुजारा गर्नु परेको उनीहरुको गुनासो रहेको छ। स्थानिय खेमराज पाण्डेका अनुसार हालसम्म भजनी नगरपालिका, सिलाइकटाइ संघ, सामाजिक बिकासकालागी सचेत समाज धनगढी( CSSD) र केही व्याक्तिगत रुपमा राहत र सहयोगको काम भएको छ।उनले राहत सामग्रीहरु प्राप्त भइरहेको भएपनी पकाएर खाने भाडाकुडा नहुदा समस्या भएको बताएका छन।
बाढी र डुवानका कारण भजनिमा मात्रै हजारौं परिवार विस्थापित भएका छन भने तीन जनाले ज्यान गुमाएका छन।सुरक्षा निकाय, स्थानीय सरकार र स्थानिय बासि राहत तथा उद्दारमा निरन्तर लागि परेको बताउदै स्थानिय पाण्डेले अझै पनि भजनी क्षेत्रको अबस्था सामान्य हुन नसकेको बताएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *