महोत्सवमा ७५ लाख बढीको टिकट बिक्री, यो हरेक सम्भावनासँग जोडिएको प्रदेश हो : खड्का

शेयेर गर्नुहोस

टीकापुर १२ माघ /
टीकापुर उद्योग वाणिज्य संघले आयोजना गरेको सुदुरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सवमा ७५ लाख बराबरको टिकट बिक्री गरेको छ ।
पुस २९ गतेबाट सुरु भएको महोत्सवमा ७५ लाख भन्दा बढिको टिकट बिक्रि गरेको हो । महोत्सवमा ६८ लाख २५ हजारको टिकट बिक्री हुँदा साढे तीन लाख भन्दा बढी इसेवा मार्फत टिकट बिक्री भएको छ भने साढे तिन लाख भन्दा बढी सिजनल टिकट बिक्री भएको संघका महासचिव प्रकाश तिमिल्सेनाले जानकारी दिएका छन् ।
सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले सुदुरपश्चिम हरेक सम्भावनासँग जोडिएको प्रदेश भएको बताएका छन् । महोत्सव समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री खड्काले प्रदेश हरेक सम्भावनासँग जोडिएको बताउँदै ति सम्भावनालाई पछ्याएर हिड्नुको विकल्प नभएको बताएका हुन ।
“हामीसँग थुप्रै सम्भावना छन् । ति सम्भावनालाई पछ्याउन सक्यो भने सुन्दर सुदुरपश्चिमलाई साकार पार्न समय लाग्ने छैन ।” उनले भने, “पर्यटन क्षेत्रको प्रचारप्रसार मात्रै गरेर बाह्य पर्यटक भित्र्याउन सके विकासले ठुलो फड्को मार्न सक्छ ।” सत्ति भन्सारलाई व्यवस्थित गर्दै सेती लोकमार्गलाई सञ्चालनमा ल्याउन सक्यो र भारतीय धार्मिक पर्यटनहरुलाई सुदुरपश्चिममा धार्मिक स्थलसम्म पुग्ने वातावरण सिर्जना गर्न सक्यो यसक्षेत्रको विकासको आधार तय हुने विश्वास उनले व्यक्त गरेका छन् ।
उनले टीकापुर प्राविधिक विश्वविद्यालयको विधेयक संसदमा लामो समयसम्म विचाराधीन अवस्थामा रहेको बताउँदै राजनीतिक अस्थिरताका कारण सोचेअनुसार काम हुन नसकेको बताएका छन् । “हामी प्रयास गरिरहेका छौँ । टीकापुर प्राविधिक विश्वविद्यालयको मस्यौदा छिटै सभाबाट पारित गरेर स्थापनाका प्रक्रिया अगाडि बढ्छ ।” मन्त्री खड्काले भने, “त्यसले टीकापुरको शैक्षिक क्षेत्रमा ठुलो योगदान पुर्याउने विश्वास प्रदेश सरकारले गरेको छ ।”
टीकापुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष गोकर्ण रिमालले महोत्सव सञ्चालनका क्रममा केहि कमीकमजोरीहरुको जनगुनासो आएको बताउँदै आगामी दिनमा त्यसलाई सुधार गर्दै लैजानुपर्ने बताएका छन् । संस्थापक अध्यक्ष रिमालले विषम परिस्थितिमा महोत्सव सञ्चालन गर्नु आफैमा ठुलो चुनौती रहेको भन्दै त्यसलाई संघको वर्तमान कार्यसमितिले सहजै सफल पारेकोमा बधाई व्यक्त गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य पुष्पराज कुँवरले निजि क्षेत्र दिनप्रतिदिन धराशायी बन्दै गएको उल्लेख गर्दै अझै देशमा लगानीको वातावरण बन्न नसकेको बताएका छन् । उनले बैंकमा लगानीका लागि बजेट भए पनि लगानीको वातावरण नबनेका कारण लगानी नगर्ने मनस्थितिमा अधिकांश लगानीकर्ता देखिएको बताएका छन् ।
टीकापुर नगरपालिकाकी निवर्तमान नगर उपप्रमुख केशरी विष्ट रावलले टीकापुर क्षेत्र हरेक दृष्टिकोणले सम्भावना भएको बताउँदै त्यो सम्भावनालाई संस्थागत रुपमा लैजान सबैको भुमिका महत्त्वपूर्ण रहेको बताएकि छन् । राजनीतिक दलहरुको तर्फबाट नेकपा एमालेका टीकापुर नगर कमिटी अध्यक्ष लक्ष्मण थापाले टीकापुरको विकास अनि सामाजिक सद्भावलाई लिएर विरोधाभासपुर्ण अभिव्यक्ति दिनेहरुको समयमै पहिचान गरेर सामाजिक बहिष्कार गर्नुपर्नेमा जोड दिए ।
संघका पुर्व अध्यक्ष रामबहादुर भण्डारीले विगत लामो समयदेखि टीकापुर अभिभावक विहिन बन्दै गएको बताउँदै पुनः त्यहीँ क्रम दोहोरिएको बताएका छन् । उनले व्यवस्था परिवर्तनका लागि थुप्रै आन्दोलनहरु भएको उल्लेख गर्दै त्यो आन्दोलनको उपलब्धिलाई संस्थागत गर्दै परिवर्तनमा लाग्नुपर्ने बताए ।
संघका अध्यक्ष सन्तोष खड्काको अध्यक्षतामा भएको महोत्सवको समापन कार्यक्रमको स्वागत उपाध्यक्ष दिपेन्द्र रावलले गरेका थिए भने सञ्चालन महासचिव प्रकाश तिमिल्सेनाले गरेका थिए । अध्यक्ष खड्काले महोत्सव सफलतापुर्बक सम्पन्न गर्न प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेको बताएका छन्
कृषि प्रदर्शनीमा चार सय भन्दा बढि किसानहरूले उत्पादन भएका वस्तुलाई प्रदर्शनीमा राखिएको थियो । प्रदर्शनीमा सहभागी मध्ये उत्कृष्ट किसानहरुलाई पुरस्कार सहित सम्मान पगरिएको थियो । महोत्सवम पाँच करोड बराबरको आर्थिक कारोबार भएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *