मानव अधिकार सान्ती समाजको प्रदर्शन

शेयेर गर्नुहोस


समाधान समाचार,
टीकापुर २६ मंसिर /
मानव अधिकार तथा शान्ति समाज कैलालीद्वारा टीकापुरमा ७२ औ अन्तर्राष्ट्रिय विश्व मानव अधिकार दिवसका अवसरमा प्रदर्शन गरेको छ।।
बिस्वका शक्ति रास्टहरु बिच आणविक हतियारको होडबाजी चलेको भन्दै त्यसको रोकथामकालागी प्रदर्सन गरिएको हो। कार्यक्रममा प्रमुख वक्ता मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिव टेकबहादुर सार्कीले विश्वका शक्ति रास्ट्र्हरु बिचको आणविक हतियारको होडबाजीले मानव सभ्यता नै समाप्त हुने खतरा बढेको बताएका छन।युद्द्ले क्षय हुने र शान्तिले जय हुने हुनाले शान्ति स्थापनामा सबैले जोड दिनु पर्ने भन्दै सार्कीले कोबिड बाट बच्न सकिने तर आणविक कहरले कसैलाई बचाउन नसक्ने बताएका छन। आणविक अस्त्रको विश्वव्यापी उन्मुलन ,आणविक हतियार हरुको निर्माण र परिक्षणमा पुर्ण प्रतिबन्ध लगाउनु पर्ने कुरामा समेत केन्द्रिय सचिब सार्कीले जोड दिएका छन। सो कार्यक्रममा समाजको कैलाली साखाका उपसभापति मोहनप्रसाद उपाध्यायले आणविक अस्त्र रहे सम्म मानब जिबन अस्तब्यस्त अबस्थामा रहने भन्दै त्यसको निर्मुलिकरणका लागि सबैको सहकार्य आवस्यक रहेको बताएका छन।
मानव अधिकार तथा सान्ती समाजले इलाका प्रशासन कार्यालयमा धर्ना सहितको प्रदर्शन गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *