मापनबाट आएको नतिजामाथी छलफल

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर ३० जेठ /
नेपाल बाढि उत्थानशिल परियोजना अन्तरगत समुदायका लागि बाढी उत्थानशिलता मापनबाट आएको नतिजामाथि छलफल कार्यक्रम टीकापुरमा सम्पन्न भएको छ ।
जेड जुरिक फाउन्डेसनको आर्थिक सहयोग प्राक्टिकल एक्शन नेपाल र सामाजिक विकास तथा अनुसन्धान केन्द्र (सिएसडिआर) बाके द्वारा संचालित नेपाल बाढि उत्थानशिल परियोजना अन्तर्गत समुदायका लागि बाढी उत्थानशिलता मापनबाट आएको नतिजामाथि छलफल कार्यक्रमलाई प्रकाश पार्दै सामाजिक विकास तथा अनुसन्धान केन्द्र (सिएसडिआर) बाकेका कार्यक्रम संयोजक सुरेन्द्र ठगुन्नाले सन २०१३ देखि प्राक्टिकल एक्शन नेपालसँग नेपाल बाढी उत्थानशिलतामा रहि काम गर्दै आएको बताएका छन् । उनले टीकापुर नगरपालिका भित्रका ५ वटा समुदायमा काम गर्दै आएको बताउँदै ति पाचैवटा समुदायका बाढी प्रभावित क्षेत्रमा उच्च भवन निर्माण गरेको बताएका छ । उनले बाढीले सबैभन्दा बढि क्षति खेति बालिलाई गर्ने गरेको बताउँदै खेति बाली नष्ट भइसके पछि किसानलाई जिविकोपार्जन गर्न असहज हुने समेत बताएका छन् ।
कार्यक्रममा कार्यक्रम संयोजक ठगुन्नाले बालीबाट भएको क्षतिबाट केहि राहात मिलोस भन्ने उदेश्यले त्यस्ता समुदायमा जिविकोपार्जनका लागि विभिन्न किसिमका तालिमहरु सञ्चालन गर्दै आइरहेको बताएका छन् । उनले पछिल्लो समय संस्थाले पुर्ण सूचना प्रणाली सुरुवात भएको समेत जानकारी दिएका छन् ।
त्यस्तै कार्यक्रममा प्राक्टिकल एक्शन नेपालका रमेश गाैतमले नेपाल बाढी उत्थानशिल परियोजना नेपालमा मात्र नभइ विश्वका २६ वटा देशमा बाढी उत्थानशिल परियोजना लागु भैरहेको बताएका छन् । उनले उक्त परियोजनाले विशेषगरी ३ वटा क्षेत्र सफलताका लागि कृषि, सशक्तीकरणका लागि उत्थानशिलता लगाएतका क्षेत्रमा काम गर्दै आइरहेको बताएका छन् । उनले परियोजनाको उदेश्य बारे जानकारी दिदै कार्यक्रमका मुख्य उदेश्य ३ वटा रहेको बताएका छन् । गाैतमले उत्थानशिलता किन भन्ने विषयलाई प्रष्ट पार्दै जोखिम न्यूनीकरणमा गरिने एक डलर बराबरको लगानीले भविष्यमा हुने क्षतिमा पाँच डलर बराबरको बचत हुने बताएका छन् । त्यस्तै उनले विपद व्यवस्थापन क्षेत्रमा घटना पुर्व १३ प्रतिशत खर्च हुने र घटना पछि ८७ प्रतिशत खर्च हुने बताएका छन् ।
त्यस्तै कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. ६ सिम्रेनि समुदायकि राधा खड्काले समग्र समुदायको प्रतिनिधित्व गर्दै सिम्रेनि समुदायमा बाढीको समयमा उक्त समुदायलाई सुरक्षित भवन नरहेको बताउँदै त्यस समुदायमा उच्च भवन निर्माणका लागि आग्रह गरेकि छन् । उनले त्यस समुदायमा बाटो समस्या र गत वर्ष कार्तिक महिनामा आएको बाढीले विद्युत पोल खसेका र अहिले सम्म पनि उक्त पोल सार्ने काम नभएका कारण केहि समुदाय अन्धकारमा रहेको समेत बताएकी छन् । टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारुको अध्यक्ष्ातामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख थारुले विभिन्न समुदायबाट आएका समस्यालाई कार्यपालिकाको बैठकबाट सम्बोधन गर्दै पारित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रमको संचालन सामाजिक विकास तथा अनुसन्धान केन्द्रका फागुराम चाैधरीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *