युनाइटेडको २० औं वार्षिकोत्सब

शेयेर गर्नुहोस


टीकापुर १९ फागुन /
टीकापुर स्थित युनाइटेड एकाडेमी स्कुलको २० औं वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिताराम रिमालको अध्यक्ष्ातामा भएको वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रममा टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारुले शैक्षिक क्षेत्रले गुणस्तर कायम गर्न सक्यो भने अभिभावक पनि सन्तुष्ट हुने गरेको बताएका छन् । उनले शैक्षिक क्षेत्रमा राम्रो विद्यालय अभिभावकको रोजाइमा पर्ने गरेको बताउँदै सबै विद्यालयले शैक्षिक गुणस्तरलाई ध्यान दिन आवश्यक रहेको बताएका छन् । “टीकापुरलाई शैक्षिक नगरीको नामले पनि चिन्ने गरिन्छ । त्यसलाई संस्थागत कार्यान्वयनमा संस्थागत र सामुदायिक विद्यालय बीचको सम्बन्ध समान हुन आवश्यक छ ।” नगर प्रमुख थारुले भने “विद्यालय बीचको सम्बन्ध समान भएर अभिभावकहरुको मन जित्न सक्यो भने टीकापुर आफै शैक्षिक नगरीको रुपमा स्थापित हुने छ ।”
नगर प्रमुख थारुले टीकापुर नगरपालिका भित्र स्थापित सामुदायिक विद्यालय र निजी विद्यालयको शैक्षिक गुणस्तरलाई तुलना गर्दा निजी विद्यालयको शैक्षिक गुणस्तर राम्रो र सवल भएको बताउँदै सामुदायिक विद्यालयहरुले निजि विद्यालय सिको गर्न जरुरी रहेको समेत बताएका छन् । उनले विद्यार्थीको पहिलो पाठशाला विद्यालय रहेकाले विद्यालयलाई गुणस्तर शिक्षा दिन अनुरोध पनि गरेका छन् ।
विद्यालयको वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रममा विभिन्न किसिमका साँस्कृतिक झल्काउने कार्यक्रमहरु समेत प्रस्तुत भएका थिए । साथै बिधालयको आन्तरिक प्रतिस्पर्धामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो । विद्यालयकी शिक्षिका अनिता रिमालले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षिका निरु शर्मा र विद्यार्थी इसारिका चाैधरीले गरेकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *