युवाहरू जुटे उच्च धारा निर्माणमा

शेयेर गर्नुहोस


खेमराज पाण्डे,
भजनी १९ भाद्र/
भजनी नगरपालिका वडा नं. ३ का स्थानीय युवाहरुले आफ्नै लगानीमा बाढी प्रभावित क्षेत्रमा उच्च धारा निर्माणको काम सुरु गरेका छन् ।
वर्षायामको समयमा आउने बाढीका कारण खानेपानीको समस्या भोग्दै आएका भजनी नगरपालिका वडा नंं ३ का स्थानीयहरुलाई पायक पर्ने गरी चारवटा स्थानमा उच्च धारा निर्माणको काम सुरु भएको हो । स्थानीय युवा समाजेसवी नानु जोशीका अनुसार वडाको नयाँ बस्ती टोल, पिपल चोक डल्फिन चोक र हुलाकी चोकमा उच्च धारा निर्माणका लागि युवाहरुले काम गरिरहेका छन् । जोशीले युवाहरुले आफूसँग भएको खर्च कटौती गरी आफ्नै लगानीमा उच्च धारा निर्माणका लागि काम सुरु गरेको बताएका छन् ।
‘उच्च धारा निर्माणका लागि धेरै निकायहरुमा आग्रह गर्दा पनि कतैबाट त्यसको सुनुवाइ नहुँदा आफै स्वतःस्फूर्त रुपमा धारा जडानमा जुटेका हौं ।’ जोशीले भने, ‘यसले समाजप्रति युवाको भूमिका र अन्य युवाहरुलाई पनि सिकाइको महत्वपूर्ण माध्यम बन्न सक्छ ।’ जोशीका अनुसार एउटा उच्च धारा जडानका लागि करिब ४५ हजार रुपैयाँ खर्च हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *