रक्तदानबाट ६८ पिन्ट रगत संकलन

शेयेर गर्नुहोस


टीकापुर १८ बैशाख /
निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम विश्वव्यापी ११७९ अाैँ रक्तदान अभियान कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
परमेश्वरको मण्डली विश्व सुसमाचार समाज टीकापुरको आयोजना र नेपाल रेडक्रस सोसाइटी उपशाखा टीकापुर प्रायोजगत्वमा रक्तदान अभियान सम्पन्न भएको हो । मण्डलीका प्रमुख रवि भित्रीकोटीको अध्यक्ष्ातामा भएको कार्यक्रमको प्रमुख अतिथि टीकापुर नगरपालिका नगर प्रमुख रामलाल डगाैंरा थारु रहेका थिए ।
रक्तदान अभियान कार्यक्रममा प्रमुख टीकापुर नगरपालिका नगर प्रमुख रामलाल डगाैंरा थारुले रक्तदान कार्यक्रम एउटा कार्यक्रम मात्र नभइ मान्छे बचाउने अभियान भएको बताएका छन् । उनले आफ्नो रगत अरुलाई दिएर अर्काको ज्यान बचाउनु महान कार्य भएको बताउँदै अझै पनि ग्रामीण वस्तीमा रक्तदान गरे शारीरिक रुपमा समस्या हुन्छ भन्ने भ्रम कायमै रहेको बताएका छन्
कार्यक्रममा टीकापुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रेमकुमार राईले रगत दान गर्नु भनेको जीवन दान गर्नु सरह रहेको बताएका छन् । उनले रक्तदान गर्दा केहि होला कि भनेर डराउनु नपर्ने बताउँदै रक्तदान गर्दा शरीरबाट निकालिए रगत करिब ३५ दिन भित्र रिकभर हुने समेत बातएका छन् । उनले मानिसको शरीरमा भएको रगत राखेर कुनै काम नलाग्ने बताउँदै शरीरमा भएको पुरानो रगत करिब १२० दिनमा मरेर जाने र पुनः नयाँ रगत निर्माणको प्रक्रिया हुदै जाने बताए ।
टीकापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मोहन विकले रक्तदान जीवन दानको नारालाई सार्थक बनाउन अभियान नै चलाउन आवश्यक रहेको बताएका छन् । उनले शहरी क्षेत्रमा रक्तदान गर्नुपर्छ भन्ने मानसिकता बढ्दै गए पनि ग्रामीण क्षेत्रमा त्यो मानसिकताको विकास हुन नसकेको बताएका छन् ।
रक्तदान अभियानबाट ६८ पिन्ट रगत संकलन भएको छ । जसमा १४ जना महिला र ५४ जना पुरुष रहेका छन् ।
मण्डलीका सदस्य बलबहादुर चाैधरीले सञ्चालन गरेको कार्यक्रमको स्वागत परमेश्वरको मण्डली विश्व सुसमाचार समाज सुदूरपश्चिम संगठनका संयोजक राजेश कुमार लामिछानेले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *