शेयेर गर्नुहोस
झलनाथ खनाल, टीकापुर ०२ चैत /
शैक्षिक क्षेत्रमा जानकी गाउँपालिका वडा नं. ९ खैरिफाँटामा रहेको अरुणोदय माद्यामिक बिधालय एउटा परिचीत नाम हो ।
२०२९ साल भदौ १ गते स्थापना भएको बिधालयले थुप्रै जनशक्ति उत्पादन गरेको छ । कुनै बेला अरुणोदय माद्यामिक बिधालयको नाम जिल्ला देखि प्रदेशसम्म निकै चर्चामा हुन्थ्यो । तर, त्यसपछिका केही वर्ष शैक्षिक गुणस्तरको लय छोड्ने अवस्थामा पुगेको बिधालय पुनः पुरानो इतिहासलाई कायम गर्ने दौडमा देखिएको छ । बिधालयको प्रशासनिक रुपमा नयाँ नेतृत्व आएपछि एकदुई वर्षमै बिधालय लयमा फर्किन थालेको छ । बिद्यार्थी संख्याकै कुरा गर्दा पनि शैक्षिकसत्र २०७९ मा सात सय २३ जना बिद्यार्थी रहेको बिधालयमा शैक्षिकसत्र २०८० मा आठ सय ६२ जना बिद्यार्थी पुगे । अभिभावकमा बिधालय प्रतीको आकर्षण बढ्दै गयो ।
बिधालय प्रशासनको सक्रियता बढेसँगै स्थानीय सरकारको नजिरमा बिधालय पर्न थाल्यो । वडा कार्यालयले राम्रो सहयोग गर्यो । बिधालयका भुतपुर्व बिद्यार्थीहरुको सहयोग आउन थाल्यो । बिधालय व्यवस्थापन समिती र शिक्षक अभिभावक संघको सक्रियता बढ्यो । “जति गर्नुपर्ने थियो त्यो सबै अझै गर्न सकेका छैनौं । जे भएपनि बिधालयलाई सुधारको बाटोमा जोड्न भने सफल भएका छौँ ।” बिधालयका प्रधानाध्यापक कपिल राज भाटले भने, “बिधालय प्रती सबैको ध्यान केन्द्रित हुन थालेको छ । बिद्यार्थीहरुका लागि अनुकुलको शैक्षिक वातावरण सिर्जना भएको छ ।” कक्षा तीन सम्म बिधालयले अङ्ग्रेजी माध्यममा अध्यापन सुरु गरेको छ । जसका कारण निजि बिधालयमा जाने बिद्यार्थीलाई आफ्नै स्थानीय बिधालयमा रोक्न सफल भएको प्रधानाध्यापक भाट बताउँछन् ।
बिधालयको आफ्नै करेसा बारी
बिधालयमा अतिरिक्त क्रियाकलाप अन्तर्गत करेसा बारी कार्यक्रम सञ्चालन भैरहेको छ । जानकी गाउँपालिकाको समन्वयमा सञ्चालनमा आएको करेसा बारीले बिद्यार्थीहरुलाई सिकाइसँगै उत्पादन भएको वस्तु दिवा खाजाको रुपमा प्रयोग हुँदै आएको छ । “कक्षा ६ देखि १२ कक्षासम्मका बिद्यार्थीहरु करेसा बारी कार्यक्रममा सहभागी छन् । उनीहरूलाई त्यसबाट राम्रो सिकाई भैरहेको छ ।” प्रधानाध्यापक भाटले भने, “उत्पादन भएको वस्तु बिधालयमै खपत हुन्छ । त्यसलाई दिवा खाजाको रुपमा उपयोग गरेका छौँ ।”
यसवर्ष बिधालयले ६ क्विन्टल आलु मात्रै करेसा बारी कार्यक्रमबाट उत्पादन गर्न सफल भएको छ । करेसा बारी कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि वडा नं. ९ ले ७५ प्रतिशत अनुदानमा बोरिङ मोटर जडान गरिदिएको छ । जसबाट बारीको सिँचाइमा सहयोग पुग्नुका साथै १२ महिना तरकारी उत्पादन गर्न सकिने भएको छ ।
दाताको सहयोगमा पुस्तकालय
जानकी गाउँपालिका र सहयोगी दाताको सहयोगमा बिधालयले छुट्टै पुस्तकालय सञ्चालन गरेको छ । जहाँ बिद्यार्थीहरुले पाठ्यक्रम भन्दा बाहिरको ज्ञानका लागि पुस्तकालयको प्रयोग गर्न सक्नेछन् । समुदायका नागरिकहरूले पनि पुस्तकालयमा आएर अध्ययन गर्न सकिने वातावरण रहेको प्रधानाध्यापक भाटको भनाइ छ । “पुस्तकालयमा बिद्यार्थीहरुले पठनपाठन भन्दाको अतिरिक्त समयलाई सदुपयोग गरून् र पाठ्यपुस्तक भन्दा बाह्य ज्ञान हासिल गरून् भन्ने उद्देश्यले पुस्तकालय स्थापना गरेका हौं । ” प्रधानाध्यापक कपिल राज भाटले भने, “समुदायका नागरिकहरू आएर पनि पुस्तकालयको सुविधा उपभोग गर्न सक्नुहुन्छ ।”
बिधालयमा स्थापना भएको पुस्तकालयमा रुपारेलिया फाउन्डेसन युगान्डाका अध्यक्ष डा सुदिर रुपारेलियाबाट ६ लाख ५८ हजार ६ सय ८० रुपैयाँ, जानकी गाउँपालिकाबाट ६ लाख ५० हजार रुपैयाँ सहयोग भएको छ । त्यसैगरी हिक्मत थापाले नाइजेरियाबाट एक लाख, पदम एण्ड शान्ती फाउन्डेसन अफ्रिकाबाट २६ हजार ६ सय दुई रुपैयाँ, कलधरा देवी भाटबाट २५ हजार ७ सय १८ रुपैयाँ र मनोज विक सेसेल्सबाट पाँच हजार गरी १४ लाख ५० हजारमा पुस्तकालय निर्माण गरिएको थियो ।पुस्तकालयमा ८ हजारभन्दा बढी पुस्तक रहेका छन् । बिधालयमा इलाइब्रेरी पनि रहेको छ ।
बिधालयका शिक्षक अभिभावक संघका अध्यक्ष देवेन्द्र कठायतले बिधालयको शैक्षिक गुणस्तर सुधारका लागि सक्दो प्रयासहरु भैरहेको बताएका छन् । उनले पछिल्लो समय बिधालय प्रशासन जिम्मेवार र स्थानीयहरु जवाफदेही बन्दै गएका कारण बिधालयले पुरानो इतिहासलाई फर्काउने काम गरिरहेको बताए । “बिधालय प्रति स्थानीय सरकार, अभिभावक, स्थानीय बुद्धिजिवी, भुतपुर्व विद्यार्थीहरु लगायत सबै सकारात्मक हुनुहुन्छ ।” उनले भने, “त्यसकारण पनि अपांग भैसकेको बिधालयलाई पुनः हिड्न सक्ने बनाएका छौँ । अझै दौडाउन बाँकी छ ।” अध्यक्ष कठायतले चालू शैक्षिकसत्रबाट बिधालयले प्राविधिक विषयको अध्यापनको तयारी पनि गरिरहेको बताए ।