सहकारीको प्रारम्भिक साधारणसभा सम्पन्न

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर २१ मंसिर /
कैलालीकाे धनगढी उपमहानगरपालिका १८ फुलबारी स्थित अादर्श बहुउद्देश्यीय सहकारी संस्थाकाे प्रारम्भिक साधारणसभा सम्पन्न भएकाे छ ।
दर्ता भएको ३ महिनाको अबधि पुरा भएसँगै सहकारीकाे प्रारम्भिक साधारणसभा अायाेजना गरिएको हाे । साधारणसभाबाट अागामी ४ वर्षे कार्यकालका लागि सन्चालक समिती र लेखा समिती समेत चयन गरिएकाे छ ।
नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ का संचालक माधव प्रसाद जोशी ज्युको प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा धनगढी १८ का वडाध्यक्ष मुरारी अधिकारी र भुमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय सहकारी रजिस्ट्रार कार्यालयका प्रतिनिधि देबराज पन्त विशिष्ट अतिथि रहनुभएकाे थियो । कार्यक्रममा बनदेबि कृषि सहकारी सस्था का प्रतिनिधि तिर्थ नेपाल , जनबाताबरण बहुद्येस्यिय सहकारी का अध्यक्ष गितादेबी चौधरी, कल्गी साकोसका अध्यक्ष रामचन्द्र चौधरी, खप्तडी आ. बि का प्र अ दुर्गा दत्त भुसाल लगायतका अतिथिहरुले शुभकामना मन्तब्य दिनुभएको थियो । सस्थाका संस्थापक सदस्य कमल नाथ खनाल ले सन्चालन गर्नु भएको कार्यक्रममा ब्यवस्थापक रुद्र खनालले बीउ उत्पादन, ब्यवसाय योजना तथा वार्षिक कार्य योजना प्रस्तुत गर्नु भएको थियो । कार्यकममा लगभग ५० बढी जातका रैथाने बीउको बारेमा जानकारी समेत प्रस्तुत गरिएको थियो ।
साधारणसभाले बासुदेब ओझा को अध्यक्षतामा ९ सदस्यीय सन्चालक समिती तथा ३ सदस्य लेखा समिती चयन गरेकाे छ । सन्चालक समिती उपाध्यक्षमा चन्द्रकला नेपाल, सचिबमा कृष्ण प्रसाद खतिवडा र कोषाध्यक्षमा आरती भट्टराई खनाल चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा बाल कृष्ण पौडेल, कृष्ण प्रसाद पान्डे, कर्ण बहादुर सार्की, देबकला जैशी र चेतनाथ खतिवडा चयन हुनुभएको छ । त्यस्तै कमलनाथ खनालकाे संयाेजकत्वमा चयन भएकाे लेखा समिति सदस्यहरुमा रेनुका ढुङेल र खेमराज पोख्रेल रहनुभएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *