शेयेर गर्नुहोस
टीकापुर २२ फागुन /
जानकी गाउँपालिका वडा नं. ५ अमौरामा सहिद परिवारका सदस्यलाई सम्मान गरिएको छ ।
१० वर्षे जनयुद्धमा क्रममा सहिद भएका जानकी गाउँपालिका वडा नं. २,५,८ र ९ को ८ जना सहिद परिवार लाई सम्मान गरिएको हो । गाउँकमिटी उपाध्यक्ष मोहन सिंह थारु (निर्माण) को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कैलाली क्षेत्र नं. २ क कक प्रदेश संयोजक गोविन्द तिमिल्सिना प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा दोसल्ला ओढाइ सहिद परिवारलाई सम्मान गरिएको थियो । कार्यक्रममा जानकी गाउँपालिका वडा नं. २ का कर्ण बहादुर चौधरीको श्रीमती चम्फी देवी चौधरी, रामचन्द्र चौधरीका श्रीमती तिलक देवी चौधरी, राज बहादुर चौधरीका दाजु कृष्ण थारु, वडा नं. ५ का रामकृपाल चौधरीका आमा लहानी देवी चौधरी, सुखराम चौधरीका आमा सितली देवी थारु, दिला विश्वकर्माकी भाउजू नरपता विश्वकर्मा, कुकुलाल चौधरीका दाजु छेडु थारु र राजेन्द्र साउँदकी आमा हिउकला साउँद लाई सम्मान गरिएको बताइएको छ ।
कार्यक्रममा बोल्दै उपेक्षित तथा उत्पिडित समुदायको र जनयुद्धमा ज्यान गुमाएकाहरुको सपना अझै पूरा हुन नसकेको हुँदा फेरि पनि त्यो सपना पूरा गर्न माओवादीहरु एक हुनुको विकल्प नरहेको तिमिल्सिनाले बताएका छन् ।
जानकी गाउँकमिटी वरिष्ठ उपाध्यक्ष कृष्ण सोडारीले स्वागत गरेको कार्यक्रममा प्रदेश कमिटी उपाध्यक्ष कृष्ण बडुवाल, डम्मर बहादुर थारु, प्रेम विसी, सहिद परिवार मध्यबाट तिलक देवी चौधरी र हिउकला साउँद लगायतले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रम संचालन गाउँ कमिटी सचिव जय प्रकाश दहितले गरेका थिए ।