३० लाखको लागतमा रेष्टुरेन्ट सञ्चालनमा

शेयेर गर्नुहोस


टीकापुर ०६ जेठ /
झण्डै ३० लाखको लागतमा टीकापुरमा होटल सञ्चालनमा आएको छ ।
टीकापुरका युवा दिपेन्द्र शाहीले पुरानो इलाका प्रशासन कार्यालय नजिकै झण्डै ३० लाखको लागतमा ग्रील गार्डेन रेष्टुरेन्ट एण्ड बार सञ्चालनमा ल्याएका हुन । आफ्नै क्षेत्रमा केही गर्नुपर्छ भन्ने उद्देश्यका साथ होटल व्यवसायमा लागेको शाहीले बताए । उनका अनुसार खानाको लागि विशेष ध्यान दिएर रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको छ । “सबै युवा विदेश केन्द्रित भएको बेला आफ्नो क्षेत्रमा केही गरौं भन्ने लागेर लगानी गरिएको छ ।” उनले भने, “थुप्रै चुनौतीका साथ गरेको लगानीले प्रतिफल दिन्छ भन्ने आशा पनि छ ।”
रेष्टुरेन्टको उद्घाटन सोमबार टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले गरेका थिए । सोही अवसर नगर प्रमुख थारुले सबै काम सरकारले गरोस् भन्ने मानसिकता नागरिकहरुले त्याग्नु पर्ने बताएका छन् । “सरकारले आफ्नो तर्फबाट गर्ने काम गरिरहेको छ । नागरिकहरूले पनि आफ्नो कर्तब्यलाई पूरा गर्नुपर्छ ।” उनले भने, “त्यसपछि मात्रै विकासका ढोकाहरु एकैसाथ खुल्छ्न र सम्भावनाका रेखाहरु कोरिन्छन ।”
देशलाई आर्थिक रुपमा सबल बनाउने कार्यमा निजि क्षेत्रको भुमिका सबैभन्दा अगाडि रहेको नगर प्रमुख थारुले बताए । “टीकापुर मै पनि सम्भावना बढ्दै गएका छन् । यो सम्भावनामा निजि क्षेत्र जोडिनुपर्छ ।” उनले भने, “स्थानीय सरकारले गर्नुपर्ने समन्वय र सहकार्यका लागि हामी सधै तयार छौँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *