नगरपालिकाको पुँजीगत खर्च १२ प्रतिशत

शेयेर गर्नुहोस


टीकापुर १० वैशाख /
टीकापुर नगरपालिकाले चालू आर्थिक वर्षको ९ महिनासम्म विकास बजेटको १२ प्रतिशत मात्रै खर्च गरेको छ ।
चालू आर्थिक वर्ष २०८२/०८३ को चैत मसान्तसम्म नगरपालिकाले पुँजीगत अर्थात कुल विकास बजेटको १२ दशमलव ९ प्रतिशत खर्च गरेको हो । ३८ करोड ३४ लाख ८० हजाअ ४३ रुपैयाँ पुँजीगत तर्फ विनियोजन भएको बजेटमा नगरपालिकाले चार करोड ६३ लाख ६५ हजार दुई सय ९८ रुपैयाँ खर्च भएको छ ।
उता चालुतर्फ भने नगरपालिकाले कुल विनियोजित बजेटको ५२ दशमलव ६ प्रतिशत खर्च भएको जनाएको छ । ६५ करोड ८७ लाख ५९ हजार ७ सय ६१ रुपैयाँ विनियोजन भएकोमा नगरपालिकाले ३४ करोड २९ लाख १७ हजार ८ सय ३९ रुपैयाँ खर्च भएको नगरपालिकाकी निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी ओडले जानकारी दिएकी छन् ।
एक अर्ब चार करोड २२ लाख ३९ हजार ८ सय चार रुपैयाँ बजेट चालू आर्थिक वर्षका लागि विनियोजन भएकोमा चालू तथा पुँजीगत गरी जम्मा ३८ करोड ९२ लाख ८३ हजार एक सय ३७ रुपैयाँ अर्थात ३७ दशमलव ३५ प्रतिशत खर्च भएको छ ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत ओडले अधिकांश विकास आयोजनाको काम भैरहेको र काम सम्पन्न नभएर भुक्तानी नहुने हुँदा पुँजीगत खर्च कम भएको उल्लेख गरिन । उनले सम्पन्न भएर आएका योजनाको भुक्तानी भने नगरपालिकाले गरिरहेको बताउँदै गतवर्षको भन्दा यसवर्ष पुँजीगत बजेट बढी खर्च हुने विश्वास व्यक्त गरिन । गतवर्ष नगरपालिकाको पुँजीगत बजेट ५७ प्रतिशतको वरिपरि खर्च भएको थियो । “अहिलेको मुल्यवृद्धिका कारण निर्माण कम्पनीले काम गर्ने वातावरण बनेन भने चाहिँ केही भन्न सकिने स्थिति छैन ।” उनले भनिन्, “होइन, काम गर्ने वातावरण बन्यो, राज्यले निर्माण कम्पनीलाई राहत हुनेगरी केही समन्वय गर्न सके यसवर्ष पुँजीगत खर्च बढ्छ होला ।”
उसो त कार्तिक महिनासम्म प्रमुख प्रशासकीय अधिकृत बिहिन हुँदा नगरपालिकाको विनियोजित बजेट ढिलो गरी कार्यान्वयनमा आएको थियो । बजेट तथा योजना कार्यान्वयनमा भएको ढिलाइका कारण नगरपालिकाको बजेट कार्यान्वयन कम्जोर दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *