रक्तदानबाट ३२ पिन्ट रगत संकलन

शेयेर गर्नुहोस


टीकापुर २९ बैशाख /

बिरेन्द्र बिद्या मन्दिर क्याम्पस टीकापुरको अतिरिक्त क्रियाकलाप तथा समुदाय समन्वय समिति र स्वतन्त्र बिद्यार्थी युनियन (स्ववियु) को संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रममा ३२ पिन्ट रगत संकलन भएको छ ।
बिहीबार क्याम्पसमा भएको रक्तदान कार्यक्रममा १७ जना पुरुष र १५ जना महिलाले रक्तदान गरेका हुन । अतिरिक्त क्रियाकलाप तथा समुदाय समन्वय समितिका संयोजक प्रेम तिरुवाको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पसका क्याम्पस प्रमुख हर्कबहादुर भण्डारीले जिवनमा सबैभन्दा महत्त्वपूर्ण दान भनेकै रक्तदान भएको बताएका छन् । उनले एक पिन्ट रगतबाट कसैको ज्यान वचन सक्ने भन्दै त्यो भन्दा पुण्यको काम अरु केही हुन नसक्ने बताएका हुन ।
“केही समयपछि आफै खेर जाने रगतले कसैको ज्यान जोगिन्छ भने त्यो नै पुण्य हो । त्यो भन्दा ठुलो पुण्य अरु केही हुन सक्दैन ।” क्याम्पस प्रमुख भण्डारीले भने, “उच्च शिक्षा हाशिल गरिरहेका बिद्यार्थीहरुले समाजमा यो जनचेतना फैलाउन जरुरी छ । किनभने ग्रामीण वस्तीहरुमा रक्तदान गर्न मानिसहरू अझै डराउँछन ।” नेपाल रेडक्रस सोसाइटी उपशाखा टीकापुरको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रमको स्वागत स्ववियु सभापति नवीन अधिकारीले गरेका थिए भने कार्यक्रमको सञ्चालन रविना चौधरीले गरेकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *