भजनी नगरपालिकाको आठौं नगर सभा सुरु

शेयेर गर्नुहोस


अर्जुन खत्री ,
भजनी २९ पौष /
भजनी नगरपालिकाको आठौं नगर सभा मंगलबार सुरु भएके छ ।
भजनी नगरपालिकाका नगर प्रमुख शेरबहादुर चौधरीको अध्यक्षतामा भएको नगर सभाको उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य वीरमान चौधरी प्रमुख अतिथि रहेका थिए । उक्त कार्यक्रममा भजनी नगरपालिका उप–प्रमुख छाया देवकोटा, प्रमुख प्रशासकीय अधिकृत हरिराम चौधरी, नगरपालिका वडाअध्यक्ष तथा कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियो ।
नगर सभाको उद्घाटन कार्यक्रम–लाई सम्बोधन गर्दै प्रदेश सदस्य चौधरीले मुख्यमन्त्री एकृकित कार्यक्रम अन्तर्गत प्रदेशबाट विपन्न परिवारहरूलाई दुई कोठे टिनको पाता दिने योजना, हुलाकी राजमार्ग अन्तर्गत दश शहर बनाउने योजनामा भजनी नगरपालिकालाई पनि शहर बनाउने योजनामा परेको बताउँदै कुनै व्यक्ति, सहकारी, स्थानीय तहहरुले सानो उद्योग सञ्चालन गर्न चाहेमा त्यसमा प्रदेश सरकारले सहयोग गर्ने बताएका छन् । उनले कृषकहरुले कृषिमा आत्मनिर्भर हुन चाहे कृषि विकास बैकबाट किसानले ५ लाखदेखि १५ लाखसम्म ऋण लिएमा १ प्रतिशत ब्याज किसानले र बाँकी ब्याज प्रदेश सरकारले तिरिदिने बताउँदै १५ लाखदेखि ५० लाख सम्म ऋण लिएमा २ प्रतिशत ब्याज किसानले र बाँकी ब्याज प्रदेश सरकारले तिर्ने गरी योजना ल्याएको बताएका छन् ।
नगर प्रमुख शेरबहादुर चौधरीले प्रदेश सरकारका सबै कार्यक्रममा सहकार्य गरेर जाने बताउँदै आफूहरु पनि नगरको विकासको लागि निरन्तर लागि रहने बताएका छन् । उनले विकासका काम तीब्र गतिमा अगाडि बढेको बताउँदै अझै पनि नागरिकहरु सन्तुष्ट हुने गरी परिणाम आउन नसकेको बताएका छन् ।
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष दुर्गा भण्डारीको स्वागत मन्तव्यसंँगै सुरू भएको कार्यक्रमको सञ्चालन जनक ओझाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *