बिज वृद्धिको १५ औं साधारणसभा

शेयेर गर्नुहोस


लक्ष्मण बिक
टीकापुर २८ पौष /
बीज बृद्वि कृषक सहकारी संस्था लिमिटेड मुनुवाको १५ औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ ।
सहकारी संस्थाका अध्यक्ष रामफल बडायकको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जानकी गाउँपालिकाका अध्यक्ष प्रदिपकुमार चौधरी रहेका थिए भने बिशिस्ट अतिथि रानी जमरा कुलरिया आयोजनाका कोडिनेटर भरतप्रसाद कँडेल रहेका थिए । कार्यक्रममा प्रमुख अतिथि चौधरीले बीज बृद्धि कृषक सहकारीलाई सबैभन्दा धेरै सहयोग गर्ने सरकारी निकाय भनेको रानी जमरा कुलरिया सिंचाइ आयोजना रहेको भन्दै त्यति सहयोग स्थानीय तहले समेत गर्न नसकेको बताएका छन् । उनले जानकी गाउँपालिका सहकारीको प्रत्यक्ष रुपमा अगाडि नभए तापनि अप्रत्यक्ष रुपमा सहकारीका काम कार्यप्रति सदैव अगाडि रहेको बताएका छन् ।
चौधरीले सहकारीहरु गाउँपालिकाको सहकारी ऐनअनुसार चल्नुपर्ने भन्दै सहकारीले पुरस्कृत गर्नु किसानका लागि गौरवको कुरा भएको बताएका छन् । तर, सहकारी ऐनभित्र नगद पुरस्कृत गर्ने प्रावधान छ या छैन भन्ने कुरा जानकारी हुनुपर्ने बताएका छन् । ‘यदि सहकारी ऐनभित्र नगद पुरस्कृत ऐन समावेश नभए सहकारीले जे जति आर्थिक संकलन गरेको छ, त्यो सबै अवैध हुनेछ ।’ चौधरीले भने, ‘त्यसका लागि सहकारी जिम्मेवार भई कार्य गर्नुपर्दछ ।’
विशिष्ट अतिथि भरत कँडेलले रानी जमरा कुलरिया सिंचाइ आयोजनाले तीनवटा स्थानीय तह टीकापुर नगरपालिका, जानकी गाउँपालिका र लम्कीचुहा नगरपालिका हेर्ने गरेको बताउँदै तीनवटा स्थानीय तहका १२ वटा संस्थाहरु–लाई हेर्ने गरेको बताएका छन् । उनले १२ वटा संस्थाहरुलाई हेर्दै गर्दा बीज बृद्धि सहकारी संस्था अग्र स्थानमा रहेको बताएका छन् । सहकारी संस्थाहरुलाई सधैं सरकारी निकायले नहेर्ने भन्दै कँडेलले पछिसम्मका लागि सहकारीले नै के कसरी गर्नुपर्छ अहिलेदेखि नै व्यवस्थापन गर्नुपर्ने बताएका छन् । ‘सरकारी निकायले संस्थालाई त्यसै हेर्दैन । किसानका पौरखी हात देखेर मात्र साथ र सहयोग दिन्छ ।’ कँडेले भने, ‘त्यसैले सरकारी निकायबाट कुनै पनि सेवा सुबिधा पाउनका लागि आफ्ना पौरखी हात सदैव
तम्तयार राख्नु पर्दछ ।’
कार्यक्रममा उत्कृष्ट बीऊ उत्पादन गर्ने किसानहरुलाई पुरस्कृत गरिएको थियो जसमा तृतीय आशाराम चौधरीर्लाइ स्टिल कोदालो र प्रमाणपत्र, द्वितीय ज्ञानबहादुर रावत ५ लि. स्प्रे ट्याङ्की र प्रमाणपत्र र प्रथम बिजयकुमार कठरिया १६ लि. स्प्रे ट्याङ्की र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।
त्यस्तै सहकारीले प्रत्येक वर्ष व्यापार खाताबाट १० प्रतिशत रकम छुट्याई किसानहरुलाई बीउ उत्पादन कोष प्रदान गर्दै आएको छ । जसमा लौटन ड. थारु, धनराम चौधरी, खुशीराम चौधरी, रामबहादुर ड.थारु, शर्मिला चौधरी, ज्ञानबहादुर राना, सितादेवी रावत, हुसैनी चौधरी, सुकलाल चौधरी, चेहरा डंगौरा थारु, कमलप्रसाद कठरिया, नन्दराम रावत, मानबहादुर कठरिया, गौरीलाल कठरिया, मनोज बडायक, हरिप्रसाद बडायक, तीर्थराज रावत, पुल्टुलाल कठरिया, निर्मला कठरिया, बुधराम थारू, आशाराम चौधरी, छलिया कठरिया, निन्दुलाल बडायक, चन्दु कठरिया, मानकुमार कठरिया, बीरबहादुर रावत, कैदु कठरिया, खुसीराम चौधरी, चन्द्रलाल बडायक, जङ्ग–बहादुर कठरिया, आशाराम डंगौरा थारू, कुकुलाल चौधरी, चेहरीदेवी थरूनी, तेजराम चौधरी, भजनसिंह बडायक, भदबहादुर बडायक, लौटनप्रसाद डंगौरा थारू, बस्नेदेवी राना, विजयकुमार चौधरी, ज्ञानबहादुर रावत, बनियाँदेवी चौधरी, रामफल बडायक, सुखराम कठरिया, रोगाही–लाल चौधरी, फूलराम कठरिया र बीरबहादुर कठरिया रहेका छन् ।
सहकारी संस्थाका व्यवस्थापक गोबिन्दराज रावतले सञ्चालन गरेको कार्यक्रमको स्वागत उपाध्यक्ष विजयकुमार कठरियाले गरेका थिए ।
सहकारीले ७ करोड ७ लाख ६१ हजार ५ सय ८४ रुपैयाँ ६६ पैसा बराबरको आय–व्यय सार्वजनिक गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *