स्वतन्त्र युवाहरूले मनाए पृथ्वी जयन्ती

शेयेर गर्नुहोस


समाधान समाचार,
टीकापुर २७ पौष /
टीकापुरका स्वतन्त्र युवाहरुले पृथ्वीनारायण शाहको २९९ औं जन्मजयन्ति मनाएका छन् ।
टीकापुरको बसपार्कदेखि खडक चोकसम्म ¥यालीको आयोजना गर्दै स्वतन्त्र युवाहरुले पृत्थीनारायण शाहको २९९ औं जन्मजयन्ति मनाएका हुन् । बर्दियाको राजापुर, टीकापुरको सत्ती, नारायणपुर हुँदै टीकापुरका युवाहरु संयुक्त रुपमा भेला भई हिन्दु राष्ट्र कायम हुनुपर्ने र युवाहरु कुनै राजनीतिक दल विशेष नभई स्वतन्त्र हुनुपर्ने सन्देशका साथ कार्यक्रम आयोजना गरिएको सहभागी लोकबहादुर बुढाक्षेत्रीले बताएका छन् । त्यस्तै, युवा मृगेन्द्र स्वाँरले पृथ्वीनारायण शाहलाई भुल्न नहुने बताएका छन् । युवाहरुले खडक चोकमा सोही अवसर पारेर राष्ट्रिय झण्डासमेत गाडेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *