नगर प्रमुखमा शाहीको उम्मेदवारी दर्ता

शेयेर गर्नुहोस


टीकापुर ३० असोज /
राष्ट्रिय स्वतन्त्र पार्टीका कैलाली जिल्ला सचिव गणेश बहादुर शाहीले आगामी स्थानीय तहको निर्वाचनका लागि आफू नगर प्रमुखको उम्मेदवार बन्न तयार रहेको बताएका छन् ।
पार्टीले आव्हान गरेको क्यान्डिटेट क्लबमा उम्मेदवारको आकांक्षिको रूपमा नगर प्रमुखमा शाहिले नम दर्ता गराएका हुन ।
शिक्षा, शैक्षिक नेतृत्व, वैदेशिक अध्ययन तथा रोजगारी र उद्यमशीलताको अनुभव हासिल गरेको शाहीले शिक्षण पेशाबाट आफ्नो व्यावसायिक यात्रा सुरु गरी विद्यालयको नेतृत्व, जापानमा करिब साढे छ वर्षको अध्ययन तथा रोजगारी र स्वदेश फर्किएपछि शिक्षा परामर्श तथा आतिथ्य व्यवसायमा संलग्न रहदै आएका छन् ।
शिक्षा परामर्श, होटल तथा रेस्टुरेन्ट व्यवसायमार्फत आर्थिक गतिविधि विस्तार र स्थानीयस्तरमा रोजगारी सिर्जनामा योगदान गर्दै आएका शाहीले राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना कालदेखि नै पार्टीमा आबद्ध भई संगठन निर्माण, विस्तार र राजनीतिक गतिविधिमा सक्रिय रहेको बताएका छन् । शिक्षा, व्यवस्थापन, उद्यमशीलता र संगठनात्मक अनुभवलाई टीकापुरको विकास, सुशासन, रोजगारी सिर्जना र स्थानीय स्रोतसाधनको सदुपयोगमा उपयोग गर्ने उद्देश्यका साथ राष्ट्रिय स्वतन्त्र पार्टीबाट टीकापुर नगरपालिकाको नगर प्रमुख पदका लागि आवेदन पेस गरेको शाही बताउँछन् ।
व्यक्तिगत पद प्राप्तिभन्दा पनि जिम्मेवार नेतृत्व, परिणाममुखी कार्यशैली, स्थानीय रोजगारी सिर्जना, आर्थिक आत्मनिर्भरता र जनताप्रति उत्तरदायी स्थानीय सरकार निर्माणमा योगदान गर्नु नै आफ्नो पहिलो प्राथमिकता हुने शाहीले उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *