शेयेर गर्नुहोस
समाधान समाचार,
टीकापुर १८ भाद्र/ कर्णाली नदीमा बगेर तीन जना बेपत्ता भएका छन् ।
गेरुवा गाउँपालिका वडा नं. ४ जोधीपुरका तीन जना कर्णाली नदीमा दाउरा बटुल्न गएको बेला बेपत्ता भएका हुन् । गेरुवा गाउँपालिकाका अध्यक्ष जम्मानसिंह केसीका अनुसार बेपत्ता हुनेमा जोधीपुरका ४० वर्षीय बलबहादुर रोकाय, १७ वर्षीय पबी रोकाय र १४ वर्षीय भरत कडायत रहेका छन् । नदीले बगाएर ल्याएको काठ पौडी खेलर संकलन गर्ने क्रममा तीनै जना कर्णाली नदीमा बेपत्ता भएको अध्यक्ष केसीले बताएका छन।
बेपत्ताहरुको स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीले खोजी गरिरहेको छ ।