खड्ग स्मृति राष्ट्रिय गौरव पुरस्कार थोमस वर्गिजलाई

शेयेर गर्नुहोस


टीकापुर २४ चैत /
टीकापुर साहित्य समाजले यसवर्षबाट सुरु गरेको खड्ग स्मृति राष्ट्रिय गौरव पुरस्कार २०७८ सालका लागि थोमस वर्गिज र उनको श्रीमती मेरी वर्गिजलाई प्रदान गरिने भएको छ ।
यहीँ २५ गतेदेखि टीकापुरमा आयोजना हुने टीकापुर साहित्य महोत्सवको अवसरमा उक्त पुरस्कार वर्गिज दम्पतीलाई प्रदान गरिने बताइएको हो । साहित्य समाजका अध्यक्ष महेश विक्रम शाहले साहित्य समाजको फागुन १७ गते बसेको कार्यसमितिको बैठकले टीकापुर आवासीय माध्यमिक बिधालय हालको बिरेन्द्र बिद्यामन्दिरको स्थापनाकालदेखि लामो अवधिसम्म सेवारत रही शिक्षाको उज्यालोले प्रज्वल्लित गर्ने कार्यमा गरेको योगदानको उच्च कदर गर्दै एक लाख राशीको उक्त खड्ग स्मृति राष्ट्रिय गौरव पुरस्कार प्रदान गरिने निर्णय भएको बताएका छन् ।
त्यसैगरी सोही महोत्सवको अवसरमा टीकापुर साहित्य समाज प्रतिभा पुस्कार समाज प्रतिभा पुरस्कार २०७८ का लागि गायिका अनु चौधरीलाई प्रदान गरिने भएको छ । समाजका अध्यक्ष शाहका अनुसार नेपाली, खस तथा थारु भाषामा लोकप्रिय गीतहरू गाएर नेपाली तथा थारु भाषा कलाको उन्नयन र प्रवर्द्धनमा पुर्याएको सहयोगको कदर गर्दै चौधरीलाई पचास हजार नगद पुरस्कार प्रदान गर्ने भएको हो । त्यस्तै, टीकापुर साहित्य समाज जेहेन्दार बिद्यार्थी पुरस्कार प्रवेश रावललाई प्रदान गर्ने निर्णय भएको अध्यक्ष शाहले बताए । उनकाअनुसार टीकापुर क्षेत्रका उच्च मावीहरुमा अध्ययनरत बिद्यार्थीहरु मध्ये उच्च माविको अन्तिम परिक्षामा सुदुरपश्चिम प्रदेशकै सर्वोत्कृष्ट नतिजा ल्याउने गणेश बाबा इङलिस बोर्डिङ स्कुलमा अध्ययन गरी वर्ष २०७८ को परिक्षमा सर्वश्रेष्ठ नतिजा प्राप्त गरेको भन्दै रावललाई २५ हजार नगद सहित पुरस्कृत गरिने छ ।
उनले टीकापुर साहित्य महोत्सवको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् । उनले देशभरका साहित्यकारहरुको जमघट हुने बताउँदै तिनदिने साहित्य महोत्सवमा फरकफरक विषय प्रसंगमा बहस र छलफल हुने बताएका छन् । महोत्सवको उद्घाटन लेखक सिकेलालले गर्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *