बडुवाल हत्याकाण्डका मुख्य अभियुक्तले गरे आत्मसमर्पण

शेयेर गर्नुहोस


टीकापुर २४ बैशाख /
कैलालीको टीकापुरमा २०७८ कार्तिक २३ गते राति भएको भुपेन्द्र बडुवाल हत्या काण्डका मुख्य अभियुक्त भनिएका नवीन रावलले कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका छन् ।
लम्कीचुहा नगरपालिका वडा नं. ३ चिसापानीका २९ वर्षीय रावलले अदालतमा आज आत्मसमर्पण गरेका हुन् । कैलाली जिल्ला अदालतले रावललाई पुपक्षर्का लागि कारागार चलान गरेको छ ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएपसी उद्धवसिंह भाटले दिएको जानकारी अनुसार अभियुक्त रावलले अदालत समक्ष आत्मसमर्पण गरेका हुन् । लम्कीचुहा नगरपालिका वडा नं. १ का २२ वर्षीय बडुवालको धारिलो हतियार प्रयोग गरी टीकापुरमा हत्या गरिएको थियो ।
घटनामा संलग्नता रहेको भन्दै जिल्ला अदालतमा प्रहरीले २१ जना विरुद्ध मुद्दा दायर गरेको थियो । डीएसपी भाटका अनुसार हालसम्म घटनामा रावलसहित १६ जना कानुनी कारवाहीको दायरमा आएका छन् भने पाँच जना अझै फरार छन् । डिएसपी भाटले भने ‘प्रहरीले यो घटनामा संलग्न फरार अभियुक्तहरुबारे खोजी अभियान चलाई रहेको छ । सक्दो चाँडो अरु अभियुक्तहरु समेत अदालत पुर्याउने छौं ।’
घटनामा संलग्नहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा १७७(२) बमोजिम जिवित रहेसम्म जन्मकैदको सजाय माग दाबी गर्दै अदालतमा मुद्दा दायर गरिएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *