सडक नाटकको उपलब्धि कहाँ खोज्ने ?

शेयेर गर्नुहोस

सम्पादकीय २० असार /
समुदायमा नागरिकहरूलाई जनचेतनामूलक कार्यक्रम मार्फत सामाजिक रुपमा हुने विकृति र विसंगतिलाई न्यूनीकरण गर्न स्थानीय सरकारको पनि भुमिका हुन्छ । खासगरी समुदाय लक्षित गरेर आयोजना हुने कार्यक्रम नागरिकहरूको प्रत्यक्ष सहभागितामा हुन सक्यो भने त्यसले प्रभावकारिता पनि पाउने गरेको छ । स्थानीय क्षेत्रमा वर्षौदेखि जगडिएर बसेका त्यस्ता कुरीतिलाई न्यूनीकरण गर्ने दायित्व स्थानीय तहको पहिलो हुनु पनि पर्छ । कार्यक्रमको प्रभावकारितालाई मध्यनजर गर्दै त्यसको क्षेत्रमा रहेको प्रमुख समस्यालाई उजागर गरेर अगाडि बढ्न सक्नुपर्छ ।
तर, कमिसन खाने चक्करमा लाखौंको एउटै कार्यक्रम बनाएर राष्ट्रिय स्तरका कलाकारहरुलाई महंगोमा बोलाएर खर्च देखाउने परिपाटीले समुन्नत समाज निर्माण हुन सक्दैन । कि त त्यो परिस्थितिलाई मध्यनजर गरेर त्यसैअनुसारको जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सक्यो भने हो । होइन भने काठमाडौंको समस्या भजनीमा नहुन सक्छ । भजनीको समस्या र त्यस क्षेत्रका नागरिकहरूले सहजरूपमा बुझ्न सक्ने भाषामा ती राष्ट्रिय कलाकारसँग क्षमता छ कि छैन भन्ने कुराको ज्ञान कार्यक्रम बिक्री गर्ने मालिकहरुलाई थाहा हुनुपर्ने हो । आफुलाई मोटो रकम आउने भएपछि असम्भव कुरालाई पनि सहजै सम्भव गर्ने कार्यालय प्रमुख सेवाग्राहीको काममा त्यति सहज भैदिएको भए कति राम्रो हुन्थ्यो होला हैन ?
हुन त सेवाग्राहीको काम गरेर कमिसन आउँदैन क्यारे । कमिसन नआउने भएपछि सहजै काम गर्ने जागर कमिसनको चक्कर फसेकाहरुलाई कहाँबाट आउन सक्छ ? राष्ट्रिय कलाकारहरुले भन्दा राम्रो प्रस्तुतिका साथै स्थानीय भाषा सहित नागरिकहरुको आवश्यकतालाई मध्यनजर गरेर हरेक कार्यक्रम बनाउन सक्ने जनशक्ति हुँदाहुँदै केन्द्रबाट लाखौं खर्च गरेर लाखौं पचाउने हाकिमको योजनाले त्यसक्षेत्रमा कति स्थानमा सडक नाटक भयो, कुन विषयवस्तुमा रहेर नाटक भयो र लाखौं रकम खर्च गरेर त्यसबाट भएको उपलब्धि सहितको प्रतिवेदन नागरिकहरूका माझमा ल्याउने काम पनि कलाकारका ठेकेदारबाटै खोज्नुपर्छ ।

ताजा खबर

एक वर्ष अगाडि सकिँदै पुलको काम

सम्पत्ति छानबिन समिती गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *