सवारी पासको दुरुपयोग गर्ने चालक र बस नियन्त्रणमा

शेयेर गर्नुहोस

निर्मल रैका/ कैलाली १६, साउन/ कैलालीमा प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया र ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले सवारी पासको दुरुपयोग गरेको भन्दै बस र तीनका चालक लाइ पक्राउ गरेको छ।
कैलाली जिल्लाको गोदावरी नगरपालिका गोदावरी बजारमा चेकजाँच गर्ने क्रममा २ वटा बस र तीनका चालक सहित पक्राउ गरको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । चेकजाँच गर्ने क्रममा कैलालीको धनगढीबाट अछाम तर्फ गइ गरेको ना ४ ख ९९७२ नम्बरको बसको सवारी पास अनुमती पत्रमा १३ जना यात्रु लैजाने अनुमती भएको भए पनि उक्त बसमा २२ जना यात्रु रहेकोले सवारी पासको दुरुपयोग गरको भन्दै बस र चालक गोकुल खड्कालाइ पक्राउ गरको हो।त्यस्तै जिल्ला कंचनपुर महेन्द्रनगर देखि बैतडी तर्फ गइ रहेको ना ७ ख २७२३ नम्बरको बसमा चेकजाँच गर्दा सवारी पास अनुमती पत्रमा १८जना यात्रु लैजाने अनुमति भए पनि ३२ जना यात्रु रहेकोले उक्त गाडीले पनि सवारी पासको दुरुपयोग गरको भन्दै बस र चालक भरत सिंह धनाडी पक्राउ गरको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। सवारी पासको दुरुपयोग गर्नुका साथै कोभिड -१९ रोगको संक्रमण फैलाउन सक्ने जोखिम देखिएकोले संक्रामण रोग ऐन २०२० बमोजिम पक्राउ गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *