हाम्रै पालामा टीकापुरको समृद्धि सम्भव छ !

शेयेर गर्नुहोस


बिचार/

टीकापुर र यसको सम्भावनालाई लिएर हाम्रो लागि आज चिन्ताको विषय बनेको छ। म युवाको प्रतिनिधित्व गर्दछु ।
ठाउँ समाज र राष्ट्र निर्माणमा युवाको प्रथम भुमिका रहन्छ ।
साँचै टीकापुरलाई माया गर्ने र टीकापुर बनोस् भन्ने चाहना राख्ने सम्पुर्ण युवालाई एउटै मालामा उन्न सकियो भने टीकापुर बन्न समय लाग्दैन भन्ने कुरामा दुई मत छैन ।
हामिलाई प्रकृतिले दिनुपर्ने सम्पुर्ण कुरा दिएको छ । अबआवश्यकता छ त केवल यो ठाउँ बनाउने इच्छा र योजनाको । टीकापुरका युवाहरू जो देश भित्र र देश बाहिर हुनुहुन्छ उनिहरूको अब एक्यवद्धताको आवश्यकता छ। जोसंग जे छ (श्रम, योजना र अर्थ)उसले त्यसलाई लगानिका रूपमा अब टीकापुरमा लगानि गर्न सक्यो भने टीकापुरमा हामिले देखेको सम्भावनालाई भेट्न हामिलाई धेरै समय लाग्ने छैन ।
हामिसँग भएका राम्रा कुराको प्रचार गरौ अब टीकापुरमा लगानि मैत्रि वातावरण श्रृजना गरौ।
टीकापुर साँचै निर्माणको अन्तिम कसिमा पुगेको छ ।टीकापुर जोड्ने सड्क संजाल जुन टीकापुर बासिका निमित्त सधै पिडादायि रहयो। अब निर्माणको अन्तिम चरणमा छ । भारतिय बजारसंग जोड्ने भारत तर्फको बाटो निर्माणको टेन्डर प्रकृया प्रारम्भ भै सकेको छ । भन्सारको स्तर उन्नति भै सकेको छ । आजका मितिसम्म कैलालीकै सबै भन्दा सस्तो जग्गा टीकापुरमै छ । लगानिका निमित्त जग्गा पहिलो महत्वपुर्ण बिषय हो । यस्को मार्केटीङ गरौ । हाम्रो क्षेत्रमा श्रमका निमित्त आवश्यक जनसंख्या र सस्तो जनशक्ति पनि छ यस कुराको लगानि कर्ता सम्म प्रचार गरौ । नेपाल कै ठुलो टीकापुरमा रहेको पार्कको प्रचार गरौ । नेपालमा पाइने डल्फिन यहीँ पाईन्छ यस कुराको प्रचार गरौ । कर्णालिको किनारमा रहेको बालुवाका फाँट जसले समुद्रि किनाराको झल्को दिन्छ। प्रर्यटक भित्रयाउन यहाँ लगानि गरौ। टीकापुर आएका पर्यटकलाई कम से कम दुई दिन दिन टीकापुरमा नै रमाउने वातावरणको सिर्जना गरौ ।
कर्णालीमा र्‍याफि्टङ यहाँको अर्को पर्यटकीय सम्भाना हो । टीकापुर पार्क पछाडिको निश्चित क्षेत्रलाई छुट्याएर निर्माण गरी कर्णालीमा मोटरबोट हालेर संचालनमा ल्याउन सके यसले पर्यटकहरूलाई निकै आकर्षित गर्न सक्छ । टीकापुर हामिले शैक्षिक नगरी भनेर लामो समय देखि सुन्दै भन्दै आएका छौ । यश क्षेत्रमा शिक्षामा ठुलो लगानि भै सकेको छ । अझै थप प्राविधिक बिषय अध्यापनको वातावरण सिर्जना गरौ । रानी जमरा कुलरिया सिँचाइ आयोजना यहाँका कृषकहरूका निमित्त वरदान सावित भएको छ। यहाँको आधुनिक कृषि र केरा खेति साँच्चिकै वरदान साबित भएको छ । यहाँका कृषकहरूले अवलम्बन गरेको थोपा सिचाई प्रणालि ले कृषि उत्पादनमा राम्रो परिणाम दिईरहेको छ । केरा कृषकलाई राज्यले उनिहरूको उत्पादन बजारिकरण को वातावरण सिर्जना गर्न आवश्यक छ । राज्यसंग कृषक संरक्षणको वातावरण निमार्ण गर्न आवहान गरौ ।
अब हामि कुन नेता ले के गर्यौ के गरेन त्यसको लेखाजोखा गर्न बन्द गरौ । हाम्रा नेताहरूलाई यस क्षेत्रको बिकासका निमित्त हातेमालो गरौ । म नितान्त म भनेर प्रत्येक युवाले छातिमा हात राखेर एक पटक सोचौ टीकापुर बनाउन मैले के गरे त्यसको चर्चा गरौ । टीकापुरबाट नै व्यवसाय प्रारम्भ गरेको सिदार्थ होटल आज देश भरी यस ठाउँको परिचय बाँडि रहेको छ । यसै क्षेत्रबाट व्यवसाय प्रारम्भ गरेका युवा पर्शु चपाई आज काठमाडौ, पोखरा, ईटहरी, चितवन, धनगढी लगायत देशका प्रमुख शहरमा आफ्नो व्यवसाय बिस्तार गर्दै छन् । टीकापुर कै युवा प्रकाश बिष्ट लाखौको जागिर छौडेर अब यो ठाउँ बनाउनु पर्छ भन्दै यस ठाउँको मायाँ बोकेर टीकापुरलाई केन्द्र बनाई देशका हरेक कुनामा कृषि औजार र उपकरणहरूको ब्यवसाय गर्दै हुनुहुन्छ । खै उनिहरूले त आफु बन्न यो ठाउँ छौड्नु परेन । आज पनि यि सबैले टीकापुरमा दिनानु दिन लगानि थप्दै हुनुहुन्छ ।
हामिसंग सबै कुरा छ , अब नयाँ आउने लगानिकर्तालाई टीकापुरमा स्वागत गरौ । चियोचर्चा बन्द गरौ । अर्काको आदर र सम्मान गर्न शुरू गरौ ।
अर्कोले राम्रो गर्दा म कमजोर बन्छु भन्ने मानसिकता त्यागौ।
प्रत्येक ब्यक्ति राम्रो बन्यो भने मात्रै बल्ल समाज र ठाउँ राम्रो बन्ने हो । उठौ जुटौ अब टीकापुरको निर्माणमा आ-आफ्नो ठाउँबाट पहल गर्ने प्रारम्भ गरौन।
हाम्रै पालामा सुन्दर टीकापुरको सपना साकार पारौ।
“माघिको सम्पुर्णमा शुभकामना।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *