नगरपालिकाद्वारा अपाङ्गता भएकालाई कम्बल वितरण

शेयेर गर्नुहोस


भजनी १८ मंसिर /
भजनी नगरपालिका महिला बालबालिका तथा समाजकल्याण उपशाखाले नगर क्षेत्र भित्रका अपाङ्गता भएकाहरुलाई न्यानो कपडा (कम्बल) वितरण गरेको छ ।
नगरपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत अपाङ्गता भएकाहरुलाई जाडोको मौसम सुरु भएको बेला न्यानो कम्बल वितरण गरिएको हो । नगरपालिकाका प्रवक्ता विक्रम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका नगर प्रमुख केवल चौधरीले समुदायमा हुने हिंसा न्यूनीकरणका लागि घरबाटै अभियानको थालनी गर्न आवश्यक रहेको बताएका छन् । उनले शारीरिक रुपमा कामकाज गर्न नसक्नेहरुका लागि राज्यले पनि सहयोग गर्दै आएको बताउँदै त्यस्ता ब्याक्तीहरुलाई नगरपालिकाले पनि विभिन्न कार्यक्रमको माध्यमबाट सहयोग गर्दै जाने बताएका छन् ।
नेपाल सरकारको वर्गीकरणको आधारमा सरकारबाट पाउने सेवासुविधाबाट बञ्चित भएका पहेलो र सेतो कार्ड प्राप्त गरेका ३० जनालाई कम्बल वितरण गरिएको महिला बालबालिका तथा समाजकल्याण उपशाखाकी जौकला कुमारी सार्कीले बताएकी छन् । उनले अपाङ्गता भएका ब्याक्तीहरुमा पनि आर्थिक अवस्था निकै कम्जोर भएका र वडाले दिएको सिफारिसको आधारमा सहयोग गरिएको बताएकी छन् । सार्कीले सञ्चालन गरेको कार्यक्रमको स्वागत स्वस्थ्य शाखा प्रमुख कैलाश चौधरीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *