बाढीले ३०२७ जना विस्थापित र ६५२९ घरधुरि डुवानमा

शेयेर गर्नुहोस

निर्मल रैका / श्रावण १५, कैलाली । २ दिन देखी परेको अविरल बर्षका कारण कैलाली जिल्लाको जनजीवन प्रभाबित भएको छ ।

जिल्लाको भजनी नगरपालीका, टिकापुर नगरपालीका, जोशिपुर गाउँपालीका, जानकि गाउँपालीका, बर्दगोरिया गाउँपालीकामा आएको बाढीका कारण १ जनाले ज्यान गुमाएका छन भने ३ जना बेपत्ता , ३०२७ जना विस्थापित भएका छन भने त्यस्तै ६५२९ घरधुरि डुवानमा परेका छन । त्यस्तैधनगढी उपमहानगरपालिकाको मोहना नदिको बहाब बढे संगै ढल निकाशको ब्यवस्था नहुदा धनगढीको मुख्य बजार क्षेत्र लगायत बिभिन्न स्थनमा पानी जमि घर भित्र पानी पसेको छ ।कैलालीको भजनी क्षेत्रमा बाढीले सबैभन्दा बढी प्रभाबित गरेको छ । नजिकै रहेको नदि तथा खोला नाला बढेर गाउमा पानी पसे पछी भजनी डुबानमा परेको हो । अहिले उक्त क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानिय व्यक्तीहरुको सहयोगमा उद्वार कार्य भइरहेको पुर्व सांसद हरि श्रीपाइली बताए । उनले भजनी नगरपालिकाका बिभिन्न स्थनमा बाढी आइ जनजीवन कष्टपुर्ण भएको साथै बाढीबाट हजारौ जनताको बिचल्ली भएको छ उद्वार कार्य जारी भइ रहे पनि बाढीको उच्च जोखिम रहेको र पानीको बहाब नघटेको उनले बताए।

बिभिन्न स्थानमा अविरल बर्षाका कारण बाढीपहिरोबाट गर्भवती महिला , बालबालिका, तथा महिला र बृद्वबृद्वा काे बिचल्ली भएको भजनी नगरपालिका नगर कार्यपालिका सदस्य कमला ज्ञवालीले बताए । यसै बिच जल तथा मौसम बिज्ञान बिभागका अनुसार २ दिन अथार्त भोलि र पर्सि पानी पर्ने सम्भावना रहेको छ पानी धेरै नपरे पनि नदि तथा खोला नाला नजिक घर भएका मानिस हरुले सतर्कता अपनाउन आग्रह गरेको छ।

ताजा खबर

शिक्षकद्वारा शुभकामना आदानप्रदान

६० जनाले गरे रक्तदान

सुदुरपश्चिम अझै औलोको जोखिममा

Leave a Reply

Your email address will not be published. Required fields are marked *