साढे दश लाख बढी राजस्व संकलन

शेयेर गर्नुहोस


गणेश क्षेत्री, टीकापुर ०५ माघ/
अस्थाई ट्राफिक प्रहरी पोस्ट टीकापुर ले आर्थिक बर्ष २०७७/२०७८ को पौष मसान्तसम्म मा १० लाख ८४ हजार रुपैयाँ राजस्व सड्ढलन गरेको छ
अस्थाई ट्राफिक प्रहरी पोस्ट टीकापुरका इन्चार्ज प्रहरि नायब निरीक्षक बिनोद प्रसाद जोसिले उक्त राजस्व सवारी नियम उल्लंघन गरेबापत उठेको बताउनुभयो
२ हजार २६ वटा सवारीसाधन लाई कार्बाही गरेर उक्त रकम सड्ढलन भएको ट्राफिक प्रहरी जवान देबेन्द्र साउँद ले बताउनुभयो
ट्रक ७९ वटालाइ कार्बाही गरेर ३९ हजार ,ट्रयाकटर १ सय ७२ वटा लाई कार्बाही गरेर ९४ हजार ५ सय रुपैयाँ , जिप ८० वटालाइ कार्बाही गरेर ४४ हजार ५ सय रुपैया र सबैभन्दा ज्यादा कार्बाहिमा माेटरसाइकल परेका छन् । १ हजार ६ सय ९५ मोटरसाइकल लाई मात्रै कार्बाही गरेर ९ लाख ६ हजार राजस्व सड्ढलन भएको अस्थाई ट्राफिक प्रहरी पोस्ट का इन्चार्ज बिनोद प्रसाद जोसिले बताउनुभयो
सवारीनियम उल्लंघन गर्ने साधनमा मोटर साइकल पर्नुमा मादकपदार्थ सेवन गरेर सवारीसाधन चलाउनु ,सवारिचालक अनुमतिपत्र नहुनु , ब्लुबुक नवीकरण नगरेको ,३ जना बसेर चलाउने लगायत का सवारीसाधन कार्बाहिमा पर्नेगरेको प्रहरी जवान साउँद ले बताउनुभयो ।साउँद मङ्सिर महिनामा उत्कृष्ट प्रहरी भएकोले सुदूरपश्चिम ट्राफिक प्रहरी प्रदेश अत्तरिया ले पुरस्कृत गरेको थियो। इन्चार्ज जोसिले राजस्व असुली प्रमुख नभएको र ट्राफिक प्रहरी को उदेश्य भनेकै दुर्घटना न्यूनीकरण भएको बताउनुभयो
त्यसैगरी अस्थाई ट्राफिक प्रहरी पोस्ट सत्तिले पौष मसान्तसम्ममा मा २ लाख ७२ हजार ५ सय रुपैयाँ राजस्व सड्ढलन गरेको छ अस्थाई ट्राफिक प्रहरी पोस्ट सत्तिका इन्चार्ज किसोर बहादुर सिह ले ४ सय ६७ वटा सवारी साधनलाई कार्बाही गरेर राजस्व सड्ढलन गरेको इन्चार्ज सिह ले बताउनुभयो ।
कार्बाहिमा परेका सवारीसाधन मा २४ वटा बस बाट १३ हजार ५ सय , २८ वटा ट्रक बाट १६ हजार ५ सय , जिप ३४ वटा बाट १८ हजार , ट्रयाकटर ५३ वटा बाट ३३ हजार,अटाे ३५ वटा बाट १८ हजार , र सबैभन्दा धेरै २ सय ९३ वटा मोटर साइकल ले सवारीनियम उल्लंघन गरेबापत १ लाख ७३ हजार ५ सय राजस्व सड्ढलन भएको ट्राफिक प्रहरी जवान देबि भक्त धिताल ले बताउनुभयो। सत्ती ट्राफिक प्रहरिको इन्चार्ज किसोर बहादुर सिह आएपछि जेब्रा क्रसिङ , होडिङ बाेड र स्कुल र शडकमा समेत जनचेतनामूलक कार्यक्रम गर्नेगरेको निकै सर्हानिय कार्य गर्दै आएको स्थानीय समाजसेबी नरेस्वर धमाला ले बताउनुभयो
सत्ती ट्राफिक प्रहरिका जवान देबि भक्त धिताल उत्कृष्ट कार्यसम्पादन गरे बापत सुदूरपश्चिम ट्राफिक प्रहरी प्रदेश अत्तरिया ले उत्कृष्ट प्रहरी भनेर पुरस्कृत गरेको थियो ।ट्राफिक प्रहरी धिताल ट्राफिक नियम पालना गराउने उत्कृष्ट प्रहरीमा गनिन्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *